नेपाल वातावरण पत्रकार समूहको अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित

काठमाण्डौ – नेपाल वातावरण पत्रकार समूहको अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित हुनुभएको छ । समूहको हिजो भएको ३९औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गर्नुभयो । कुल एक सय ४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा.रवि शर्मा अर्यालले जानकारी दिनुभयो । उपाध्यक्षमा टीका बन्धन निर्वाचित हुँदा महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला) मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध हुनुभएको छ । दुई सदस्य (पुरु...

Source : https://ujyaaloonline.com/story/107453/2024/10/5/karki-was-elected-as-president-of-nepal-nefej-