नेवार समुदायले म्हः अर्थात् (आत्म) पूजा गर्दै

काठमाण्डौ – आज नेवार समुदायमा म्हः अर्थात् (आत्म) पूजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतम बताउनुहुन्छ । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ । यसैबीच हिजो म्हः पूजा गरेका भक्तपुर नगरपालिकाका नेवार ...

Source : https://ujyaaloonline.com/story/108403/2024/11/2/newar-community-worshiping-mhaha-means-self