पचली भैरव जात्रा सकियो

काठमाण्डौ – काठमाण्डौ टेकुमा रहेको च्वगु पचली भैरव जात्रा गएराति सकिएको छ । जात्राको क्रममा हिजो बेलुकी पचली भैरवलाई काठमाण्डौको विभिन्न ठाँउमा परिक्रमा गर्ने गरिन्छ । पचली भैरवको प्रतिक घ्याम्पो, अजिमासहित नायखि गणेशलाई हिजो बेलुकी ६ बजे  टेकुबाट लगन, ज्याबहाल, जैसी देगल, चिकंमुगल, हनुमाढोका परिक्रमा गराएको थियो । हनुमानढोकामा विशेष पुजा गरेपछि देवदेवीलाई आ–आफ्नो ठाउँमा फर्काएपछि यसवर्षको पचली जात्रा सकिएको हो । उपत्यकाका जात्राहरुमध्ये दशैको समयमा हुने पचली भैरवको जात्रालाई महत्वपूर्ण जात्राको रुप...

Source : https://ujyaaloonline.com/story/107604/2024/10/9/kumari-was-given-darshan-of-pachali-bhairava-