पश्चिम नवलपरासीकाे दाउन्नेमा एकतर्फी सडक सञ्चालन
नवलपरासी – पश्चिम नवलपरासीकाे दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि सडकअवरुद्ध भएको थियो । सडकको मर्मतपछि केहीबेर अघिदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । उहाँले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताउनुभयो । तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला ...
Source : https://ujyaaloonline.com/story/107462/2024/10/5/downtown-traffic-is-operating-one-way-