पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित
पाल्पा। पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन । उनले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा यस्तो समस्या देखिएको छ । हर्दिनाथ जातको धानमा भने समस्या नदेखिएको उनले गुनासो गरे। […]