पूर्वी नाकाबाट पाँच अर्ब रुपैयाँभन्दा धैरैकाे भेनियर र प्लाईबोर्ड निर्यात

झापा – नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठबाट प्लाई बोर्ड बनाउने भेनियर पत्ती वा प्लाईबोर्ड नै उत्पादन हुँदै आएको छ । विं.सं. २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार रुपैयाँ बराबरको भेनियर पत्ती र प्लाईबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताउनुभयो । गोलि...

Source : https://ujyaaloonline.com/story/108795/2024/11/13/veneer-and-plywood-exports-worth-over-five-billion