प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल हेर्न रङ्गशाला जाने
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न दशरथ रङ्गशाला जाने भएका छन्। फाइनल खेल नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजेदेखि हुँदै छ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली फाइनल खेल हेर्न र खेल पछि पुरस्कार वितरण कार्यक्रममा सहभागी हुने जानकारी दिएको छ ।