प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, बिआरआईमा हस्ताक्षर गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आउँदो मंसिर १७ गते चीन भ्रमणमा जाने भएका छन् । ओलीले १७ देखि २० मंसिरसम्म चीन भ्रमण गर्ने छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भ्रमणका दौरान बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनासम्बन्धी महत्वपूर्ण सम्झौता हुने बताएका छन् ।

यस्तै सिगात्से (केरुङ्) काठमाडौं रेल्वे निर्माण तथा पोखरा विमानस्थलको ऋण मिनाहाका बिषयमा पनि छलफल हुनेछ । भ्रमणका क्रममा किमाथाँका, कोरोला, हिल्सा नाका सुचारु गर्ने विषयसमेत भ्रमणको एजेण्डामा समावेश गरिएको छ ।

The post प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, बिआरआईमा हस्ताक्षर गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103027/