फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको गुनासो

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित सङ्घीय सरकारले असहयोग गर्दै आएको आरोप लगाउनुभएको हो । सङ्घीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिको हतियार बनाउने ध्याउन्नमा असहयोग मात्र गरिरहेको उहाँको आरोप छ । साथै पालिकाको अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गरेको उहाँको भनाइ छ । मेयर शाहले आफूहरुले फोहोर...

Source : https://ujyaaloonline.com/story/108869/2024/11/15/mayor-balen-shah-complains-of-all-round-politics-a