बङ्गलादेशसँगको टी–२० शृङ्खला भारतको ‘क्लिन स्वीप’

काठमाण्डौ – बङ्गलादेशसँगको तीन खेलको टी–२० शृङ्खला भारतले ‘क्लिन स्वीप’ गरेको छ । गएराति भएको तेश्रो तथा अन्तिम खेलमा भारतले बङ्गलादेशलाई एक सय ३३ रनको फराकिलो अन्तरले हराएको हो । भारतले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले सात विकेट गुमाएर एक सय ६४ रन मात्रै बनाउन सक्यो । बङ्गलादेशका लागि तौहिद हृदयले अविजित ६३ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । भारतका रवि बिश्नोईले तीन तथा मयङ्क यादवले दुई विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला व्याटिङ गरेको भारतले छ&...

Source : https://ujyaaloonline.com/story/107733/2024/10/13/india-clean-sweep-3-match-t20i-series-bangladesh