भारत उत्तर प्रदेशको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गयो

भारत उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । १६ जना घाइते भएका छन् । अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगो लागेको थियो । झाँसी जिल्लाका मजिस्ट्रेट अविनाश कुमारले १० जना नवजात शिशुको ज्यान गएको पुष्टि गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । गएराति साढे १० बजेतिर एनआईसीयू भित्रको युनिटमा आगो लागेको थियो । विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । दमकलसहितको टोली समयमै आइपुगेकाले धेरै बालबालिकालाई सुरक्षित उद्धार गरिएको अस्पतालले ज...

Source : https://ujyaaloonline.com/story/108886/2024/11/16/10-newborns-die-in-hospital-fire-in-uttar-pradesh-