भारत र अमेरिकाले महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्य गर्ने
भारत र अमेरिकाले स्वच्छ ऊर्जा प्रविधिका लागि महत्त्वपूर्ण खनिज क्षेत्रको आपूर्ति श्रृङ्खलामा सँगसँगै काम गर्ने भएका छन् । अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले महत्त्वपूर्ण खनिजको आपूर्ति लाइनलाई ‘विस्तार र विविधीकरण’ गर्न सम्झौतामा हस्ताक्षर गर्नुभएको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकाको वासिङ्टनमा भएको भेटमा उहाँहरुबीच समझदारी भएको र समझदारी पत्रको उद्देश्य महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्य बढाउनु रहेको उल्लेख छ । दुवै पक्ष अमेरिका र भारतले दुई देशको मह...
Source : https://ujyaaloonline.com/story/107434/2024/10/4/india-us-to-cooperate-in-important-mineral-sector-