भ्रष्टाचार मुद्दामा सिङ्गापुरका पूर्वमन्त्रीलाई १२ महिनाको जेल सजाय
सिङ्गापुरका पूर्व यातायातमन्त्री एस ईश्वनरलाई त्यहाँको उच्च अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ । पदमा रहँदा गैरकानूनी रूपमा उपहार लिएको मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री ईश्वरनलाई आज उच्च अदालतले सजाय सुनाएको एएफपीले जनाएको छ । सजाय सुनाउँदै उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले एउटा सरकारी कर्मचारी निष्ठा र जवाफदेहिताको मापदण्डभन्दा तल झरेको जस्तो देखिने मुद्दामा यो सजाय अझै कम हो जस्तो लाग्ने बताउनुभयो । फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत गर्ने पूर्व यातायातमन्त्री एस ईश्वरनलाई यस वर्ष ३५ वटा आरोप लगाइएको थिय...
Source : https://ujyaaloonline.com/story/107409/2024/10/3/former-singapore-minister-sentenced-in-corruption