मकवानपुरमा करेन्ट लागेर दुई जना बालिकाको ज्यान गयो

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा आज करेन्ट लागेर दुई जना बालिकाको ज्यान गएको छ । चिसापानीको कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो । पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ की सात वर्षीया बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी द...

Source : https://ujyaaloonline.com/story/107724/2024/10/12/two-girls-died-due-to-electrocution-in-makwanpur-