मण्डलमा ढुकढुकी ७२ मेगाहर्ज, मञ्चमा फर्किए मेनुका र कार्म
काठमाडौं । जव एउटी नारी गर्भवती हुन्छिन् । त्यसपछि उनलाई आफ्नो कोखको अथाह मायाँ लागेर आउँछ । अब आफ्नो कोखबाट कस्तो सन्तान जन्मन्छ भन्ने उनलाई खुल्दुली र उत्साह पनि सुरु हुन्छ । ती नारीमात्र हैन, पिता बन्ने तरखरमा रहेका उनका पतिलाई पनि भावी सन्तान’bout चासो हुन्छ । ती पति पनि पिता बन्ने कुराले त्यत्तिकै खुसी हुन्छन् ।
यस्तै यस्तै मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ यतिबेला काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन भईरहेको छ । यो नाटकको सो थिएटरमा गत शनिबार प्रिमियर शो गरिएको थियो । यसको आईतबारबाट नियमित प्रदर्शन सुरु गरिएको हो ।
यो नाटकमा व्यवसायिक मञ्चनको पहिलो दिनदेखि नै दर्शकको भीड लागेको मण्डला थिएटरमा देख्न पाईयो । थिएटरको बक्स अफिस टिमका अनुसार यो नाटकले दर्शकले दैनिक राम्रो साथ पाईरहेको छ ।
अभिनेता दयाहाङ राईले यो नाटकलाई निर्माण गरेका हुन् । पछिल्लो समय मण्डला थिएटर सञ्चालन गरिरहेका दयाहाङले चलचित्रमा आफ्नो व्यस्तताका कारण केही वर्ष यताबाट नाटकमा अभिनय गर्न समय दिन नसकेको बताएका छन् ।
आफुले नाटकमा अभिनय गर्न नसकेपनि मण्डला थिएटरको परियोजना अनुसार यसपटक केदार श्रेष्ठको नाटक ढुकढुकी ७२ मेगाहर्जको निर्माण तथा मञ्चन गरेको पनि निर्माता दयाहाङले बताएका छन् । आफुले यो नाटक पढ्दा नै मन फुरुङ्ग भएको र ढुकढुकी ७२ मेगाहर्जलाई सिर्जनात्मक रुपमा निर्माण गर्न पाउँदा खुशी लगेको पनि दयाहाङले बताएका छन् ।
दयाहाङको भनाईमा सन्तान चाहनाको उत्कृट उत्साह संगालेका दम्पत्तिको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, वाध्यता, विवशता, विकल्प र विश्वास नाटक ढुकढुकी ७२ मेगाहर्जको आवाज हो । यस नाटकले घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाको कथालाई मञ्चमा उतारिएको पनि उनले बताएका छन् । यो नाटकले दर्शकलाई आफु जन्मनुको महत्व र आफु जन्मनु अघि आफुप्रति वुवा आमाको माया स्नेह र उनीहरुको सपनालाई पनि बुझाउने उनको विश्वास छ । दयाहाङका अनुसार मण्डला थिएटरले मञ्चन गर्ने परियोजनाको घोषणा अनुसार नाटक ढुकढुकी ७२ मेगाहर्ज तेश्रो नाटक हो । यो परियोजनामा अरु चारवटा नाटक मण्डलाले आगामी दिनमा मञ्चन गर्ने छ ।
यो नाटक केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशनमा तयार भएको हो । नाटकमा पती पत्नी र पत्नीको गर्भमा हुकिँदैगरेका एक शिशुगरी तीन केन्द्रिय पात्र रहेका छन् । उनीहरुलाई मनिष व्याञ्जु र आभा प्रधानले पनि सघाएका छन् । नाटकमा पती पत्नीको रुपमा अभिनेत्री मेनुका प्रधान र अभिनेता कार्म रहेका छन् । जसमा अभिनेत्री मेनुकाले गर्भवती नारीको भूमिका निर्वाह गरेकी छिन् ।
ठुलो पिपलको रुख सहितको चौतारोको सेट बनाएर यो नाटक मञ्चन गरिएको छ । एउटै सेटमा यसको कथा निकै आकर्षक रुपमा भनिएको छ । नाटकबाट अभिनय यात्रा सुरु गरेर चलचित्रमा अभिनेता अभिनेत्रीको रुपमा फरक परिचय बनाएका मेनुका र कार्म फेरी ढुकढुकी ७२ मेगाहर्जबाट नाटकमा फर्किएका छन् । उनीहरुको ससक्त अभिनयले एक घन्टा भन्दा बढी समय वितेको दर्शकले पत्तै पाउँदैनन् ।
नाटकको नाम ढुकढुकी ७२ मेगाहर्ज राख्नुको कारण’bout यसका निर्देशक केदार श्रेष्ठले भने, ‘मानव ढुकढुकीको आराम अवस्थाको औसत दर प्रतिमिनेट ७२ ढुकढुक मुटुले रगत पम्प गर्दै धड्कन्छ । ढुकढुकी ७२ भनेको मुटुको चाल मात्र नभई यो जीवनको विशाल आयतनको आवाज हो, अर्थात् जीवनको मेगाहर्ज हो ।’ यहीबाट मुटुको ढुकढुकी सुरु हुने र यो ढुकढुकी जीवन रहुन्जेलसम्म चलिरहेको पनि उनले बताएका छन् । त्यसैले आमाको गर्भदेखि नै सन्तानको मुटुको ढुकढुकीको महत्व रहेको गरेको पनि यी निर्देशकले प्रस्ट पारेका छन् । निर्देशक श्रेष्ठले ७२ मेगाहर्ज को शीर्षक विम्वात्मक भएको उल्लेख गरेका छन् ।
नाटकको मञ्चदेखि, ध्वनि परिकल्पना, प्रकाश परिकल्पना मिहिन रुपमा सिर्जना गरिएको छ । नाटकमा कलाकार मेनुका र कार्मका साथमा भित्री मञ्चमा मनिष व्याञ्जु र आभा प्रधानको अभिनय छ । यसमा घनश्याम श्रेष्ठको प्रकाश परिचालन, रमिला नेम्कुलको भेषभुषा परिकल्पना, देव न्यौपानेको ध्वनि रहेको छ । नाटकको मञ्च परिकल्पना निर्देशक स्वयमको हो । यो नाटक आगामी १६ मंसिरसम्म मण्डला थिएटरमा सोमबार बाहेक साँझ ५ः३० बजे र शनिबार अतिरिक्त शो दिउँसो १ बजे पनि मञ्चन हुने निर्देशक श्रेष्ठले बताएका छन् ।
The post मण्डलमा ढुकढुकी ७२ मेगाहर्ज, मञ्चमा फर्किए मेनुका र कार्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103806/