मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड ५ दिनपछि एकतर्फी खुल्यो

काठमाण्डाै – मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्काेट–घुर्मी खण्ड आजदेखि एकतर्फी रूपमा खुलेको छ । अविरल वर्षासँगैको बाढी पहिरोले राजमार्गका विभिन्न ठाउँमा पहिरोले अवरुद्ध हुँदा खुर्कोट–घुर्मी खण्ड पाँच दिनदेखि ठप्प थियो । आज दिउँसोदेखि सडक एकतर्फी सञ्चालनमा आएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । खुर्काेट–घुर्मी खण्ड ६१ किलोमिटर लामो दूरीको छ । राजमार्ग सञ्चालनमा आए पनि जाेखिम भने कायमै छ । यस क्षेत्रमा वर्षाले जमिन कमलो बनाएकाले सुक्खा पहि...

Source : https://ujyaaloonline.com/story/107410/2024/10/3/khurket-ghurmi-section-opened-one-way