मलाइकासँग अलग भएको अर्जुन कपुरको जवाफ

मुम्बई बलिउड अभिनेता अर्जुन कुपरले पछिल्लो समय आफ्नो कोहीसँग पनि प्रेम सम्बन्ध नभएको जिकिर गरेका छन् । आफु अहिले एक आज्ञाकारी छोराको रुपमा परिवारसँग जोडिएको पनि यी अभिनेताले खुलासा गरेका छन् ।

अर्जुन कपूरको शिर्ष भूमिका रहेको नयाँ चलचित्र ‘सिंघम अगेन’ यही दिवावलीको अबसरमा शुक्रबारबाट विश्वव्यापी रिलिज हुँदैछ । अहिले आफु यो चलचित्रको प्रोमोसनमा केन्द्रित रहेको पनि यी अभिनेताले बताएका छन् ।

यसैक्रममा सिंघम अगेनको निर्माण पक्षले सोमबार राती मुम्बईमा दिवाली समारोह तथा शुभकामना आदन प्रदान कार्यक्रम राखेको थियो । यो कार्यक्रममा सहभागी भएका अर्जुनको अर्का अभिनेता अजय देवगनले खुलेर प्रसँसा गरे । सुन्दर र अग्ला नायक अर्जुन कपुरको अब चाँडै विवाह हुने चाहना उनले व्यक्त गरे ।

अजयको यो भनाईलाई छोटो जवाफ दिँदै अर्जुन कपुरले यतिबेला आफु विशुद्ध एकल रहेको बताए । मोडल मलाइका अरोरासँग आफ्नो प्रेम सम्बन्ध टुटिसकेको पनि उनले पष्ट पारे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘अहिले म सिंगल छु र आरामै छु, मलाई अग्लो र सुन्दर भनिदिनु भएकोमा हार्दिक धन्यबाछ ज्ञापन गर्दछु ।’ उनले भने,‘ यहाँले मेरो विवाहको कुरा गर्दै हुनुहुन्छ । म यो जानकारी गराउँछु की म अझै अविवाहित छु र मेरो अहिले कोहीसँग पनि प्रेम सम्बन्ध छैन, अन्तमा सबैलाई शुभ दीपावली ।’

यसरी अर्जुन कपुरले यतिबेला आफु एकल रहेको जवाफ दिएका छन् । मलाईकासँग प्रेम सम्बन्ध भएकै कारण आफ्ना बुबा बोनी कपुरको घर छाडेर अर्जुन कपुरले अलगै घर लिएर बसेका थिए । तर पछिल्लो समय अर्जुन र मलाईकाबीचको सम्बन्ध विग्रिएको छ । उनीहरुबीचको प्रेममा कसरी दरार आयो भन्नेकुरा अर्जुनले खुलाएका छैनन् । उनी केही समय यतबाट फेरी आफ्नै परिवारसँग बस्न थालेका छन् ।

The post मलाइकासँग अलग भएको अर्जुन कपुरको जवाफ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103005/