मालढुङ्गा–बेनी सडक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा बन्द हुने

काठमाण्डौ – उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा सडक खण्ड बन्द गर्न लागिएको हो । सडकको प्रवेश विन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न गाडी बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । आयोजनाका सूचना अधिकारी वि...

Source : https://ujyaaloonline.com/story/108986/2024/11/19/maldhunga-beni-road-to-be-closed-for-6-hours-daily