यस्तो छ विदेशी मुद्राको विनिमय दर
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ७४ पैसा र बिक्री दर १३५ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा छ।
युके पाउन्ड स्ट्रलिङको खरिद दर १७० रुपैयाँ ८७ पैसा र बिक्री दर १७१ रुपैयाँ ६३ पैसा तोकिएको छ। स्विस फ्र्याङ्कको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५१ पैसा रहेको छ।
अष्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ २५ पैसा र बिक्री दर ८७ रुपैयाँ ६४ पैसा छ भने क्यानेडियन डलरको खरिद दर ९५ रुपैयाँ ९९ पैसा र बिक्री दर ९६ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ६७ पैसा र बिक्री दर ८ रुपैयाँ ७१ पैसा छ। चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा तोकिएको छ।
साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ८८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४ पैसा, कतारी रियालको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्री दर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ।
The post यस्तो छ विदेशी मुद्राको विनिमय दर appeared first on Samudrapari.