यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान
काठमाडौं। हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान संख्या थपेका छन्। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ। हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको हो। श्री एयरलाइन्सले पनि शुक्रबारदेखि काठमाडौं–भरतपुर–काठमाडौं […]