युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाले युक्रेनमा विजय नभएसम्म रुसको साथमा रहने घोषणा गरेको छ । उत्तर कोरियाका विदेश मन्त्री चो सोन हुईले विजयसम्म सधैँ रुसी सेनासँग उभिने समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गर्नुभएको हो । यसअघि नै अमेरिकाले आउँदा दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो । वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ । सन् २०२२ फेब्रुअरीमा रुस–युक्रेन युद्...

Source : https://ujyaaloonline.com/story/108408/2024/11/2/northkorea-declaresstandrussia-untilvictory-ukrain