राष्ट्र बैंकको नाफा झण्डै २२ प्रतिशतले बढ्यो
काठमाण्डौ – नेपाल राष्ट्र बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा बढेर आर्थिक वर्ष २०८०–८१ को खुद नाफा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ पुगेको उल्लेख छ । राष्ट्र बैंकले विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन लगायतबाट नाफा तय गरेको हो । यसैबीच बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी ३७ अर्ब २२ क...
Source : https://ujyaaloonline.com/story/108958/2024/11/18/nrb-profit-increased-by-almost-22-percent-