रूसले गुगललाई विश्वको जीडीपीभन्दा धेरै जरिवाना तोक्यो
रूसको अदालतले गुगललाई विश्व अर्थतन्त्रको आकारभन्दा धेरै जरिवाना तोकेको छ । गुगलले रूसका १७ वटा सञ्चारमाध्ययमका च्यानललाई युट्युब प्रतिबन्ध लगाएको मुद्दामा अदालतले गुगललाई २० डेसिलियन अमेरिकी डलर बराबरको जरिवाना तोकेको हो । यसलाई अङ्कमा लेख्दा दुई पछि ३६ वटा शून्य लेख्नुपर्छ । अर्थात रुसले गुगललाई ३७ अङ्कको जरिवाना तोकेको बीबीसीले जनाएको छ । यो रकम विश्वको कुल ग्राहस्थ उत्पादन जीडीपीभन्दा पनि धेरै हो । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अहिले विश्वको जीडीपी एक सय १० ट्रिलियन डलर छ । रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिम...
Source : https://ujyaaloonline.com/story/108396/2024/11/1/russia-fines-google-more-than-world-gdp-