लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जाने

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जानु हुने भएको छ । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जानु हुने भएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उहाँको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । मुख्यमन्त्री आचार्यका साथ आर्थिक मामिला तथा योजनामन्त्री धन...

Source : https://ujyaaloonline.com/story/108508/2024/11/5/lumbini-chief-minister-acharya-to-visit-china