वर्ल्डलिङ्कले बुझायो दुई अर्ब १५ करोड विवादित बक्यौता

काठमाडौँ – वर्ल्डलिङ्क कम्युनिकेसन्सले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता रकम बुझाएको छ। रकम बुझाएसंगै कम्पनीले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क तिर्न बाँकी रहेको विवाद अन्त्य भएको छ।

वर्ल्डलिङ्कले कुल दुई अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ भुक्तानी गरेको हो। यसमध्ये एक अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ रुपैयाँ रोयल्टी र ७६ करोड २३ लाख ९५ हजार ३२७ रुपैयाँ आरटीडीएफ शुल्क तिरिएको छ। विगतमा, वर्ल्डलिङ्कले मर्मतसम्भारमा कर लगाउने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। तर, सर्वोच्चले रिट खारेज गरेपछि कम्पनीलाई उक्त रकम तिर्न बाध्य पारिएको थियो। यस विवादको कारण इन्टरनेट सेवामा केही समस्या समेत देखिएको थियो।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बक्यौता रकम भुक्तानीपछि वर्ल्डलिङ्कको सेवा नवीकरण र ब्याण्डविथको भुक्तानी प्रक्रियामा सहजीकरण हुने जानकारी दिएका छन्।

The post वर्ल्डलिङ्कले बुझायो दुई अर्ब १५ करोड विवादित बक्यौता appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/495794/