वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ५ लाख ४० हजार ठगी गर्ने दम्पती पक्राउ
काठमाण्डाै – वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाण्डौको बसुन्धरा बस्ने ४१ वर्षीय टंकप्रसाद सुवेदी र उनकी श्रीमती ४४ वर्षीया निता रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूले बुल्गेरिया पठाइदिने भन्दै तीन जनाबाट पाँच लाख ४० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए । सुवेदी दम्पतीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाउने भन्दै ठगी गरेका थिए । ...
Source : https://ujyaaloonline.com/story/107402/2024/10/3/couple-arrested-in-bulgaria-fraud-case