व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउनु कार्यकर्ता र मतदाताकाे अपमान हाे : एमाले नेतृ पाण्डे

काठमाण्डौ – नेकपा एमालेको स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिनुले एमालेका कार्यकर्ता र मतदाताको अपमान भएको बताउनुभएको छ । पाण्डेले व्यापारीको पैसामा भवन बनाउने कदमले पाँच लाख पार्टी सदस्य र २८ लाख जना मतदाताको अपमान भएकोले यो गलत निर्णय तत्काल सच्चाउन आग्रह पनि गर्नुभएको छ । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्याप...

Source : https://ujyaaloonline.com/story/107769/2024/10/14/pandey-objection-to-the-decision-to-party-office-