शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन निर्देशन

काठमाण्डौ – शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ । विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता पालिकामा माग गर्ने र त्यसका आधारमा पालिकाले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिए...

Source : https://ujyaaloonline.com/story/107468/2024/10/5/instructions-to-arrange-monthly-payment-of-teacher