श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ

श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनले दुई तिहाइ सिट जितेको छ । राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले खसेको कुल मतमध्ये झण्डै ६३ प्रतिशतसहित संसदमा एकल बहुमत बनाएको हो । हिजो भएको मतदानमा ६५ प्रतिशत मत खसेको थियो । पछिल्लो गणनाअनुसार दिसानायकेको राष्ट्रिय जनशक्ति (एनपीपी) विपक्षी गठबन्धन समगी जन बलवेगया (एसजेबी) भन्दा धेरैले अगाडि छ । दुई सय २५ सदस्यीय संसदमा एनपीपीले अहिलेसम्म एक सय २३ सिट जितेको छ । श्रीलङ्काको संसदमा एक सय ९६ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने २९ जना समानुपा...

Source : https://ujyaaloonline.com/story/108872/2024/11/15/left-wing-coalition-wins-two-thirds-majority-