श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान चल्दै

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । त्यहाँ सन् २०२२ मा भएको आन्दोलनपछि नयाँ राष्ट्रपति चुन्न आज मतदान भएको हो । राष्ट्रपतिको प्रतिस्पर्धामा वर्तमान कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष अनुरा कुमारा दिसानायके, विपक्षी नेता सजित प्रेमदासा, पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमललगायत प्रतिपर्धामा हुनुहुन्छ । अनुरा कुमारा सन् २०१९ को राष्ट्रपतीय चुनावमा पनि उम्मेद्वार हुनुहुन्थ्यो । यो मतदानलाई आर्थिक सुधारको जनमत संग्रहको रूपमा लिइएको बीबीसीले उल्लेख गरेको छ ...

Source : https://ujyaaloonline.com/story/106856/2024/9/21/sri-lanka-is-voting-today-to-elect-a-new-president