सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय अनुमोदित
काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई जनाको नाम अनुमोदन गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
गत असोज ११ गते न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरी परेका थिए भने पाण्डेविरुद्ध कुनै उजुरी परेको थिएन ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.ed in the year 2006.
The post सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय अनुमोदित appeared first on Samudrapari.