साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित
काठमाडौं– मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक किन स्थगित भयो भन्नेबारे खुलाइएको छैन ।
यद्यपि मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफल गरिरहेका छन् ।
उक्त छलफल उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हुनसक्ने बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत सहभागी रहेका छन् ।