सीमा नाकामा सशस्त्र प्रहरीले एक सय १६ वटा सहायता कक्ष सञ्चालन गर्ने
काठमाण्डौ – सीमा नाकामा सशस्त्र प्रहरीले एक सय १६ वटा सहायता कक्ष अर्थात् हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । मुख्य चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै सहज र सुरक्षित आवागमनका लागि सीमा नाकामा सहायता कक्ष स्थापना गर्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ । एक सय १६ मध्ये ६६ वटा स्थापना भइसकेको र अन्य ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । चाडपर्वका बेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने नागरिकलाई सहज र सुरक्षित ढङ्गबाट यात्रा पूरा गर्ने व्यवस्था म...
Source : https://ujyaaloonline.com/story/107467/2024/10/5/police-will-operate-116-help-desks-at-border--