सुर्खेतमा पनि नेपाल र बंगलादेशबीचको फाइनल खेल लाइभ देखाइने

काठमाडौं– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साफ महिला च्याम्यिनसिप–२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल वीरेन्द्रनगर नगरपालिकाले सिटी हलमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो । सिटी हलमा फाइनल खेल हेर्न शुल्क भने लाग्ने छैन । नेपाल सन् २०२२ को फाइनलमा ब्यहोरेको हारको बदला लिँदै पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा छ ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ साढे ६ बजेबाट हुनेछ । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जानेछन् ।

नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185552/