सोलुखुम्बुको ज्वालामाई मन्दिरमा भक्तजनको भीड बढ्दो
साेलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी गाउँमा रहेको ज्वालामाई देवीस्थानमा भक्तजनहरूको भीड लाग्न थालेको छ । सदरमुकाम सल्लेरीबाट झन्डै आठ किलोमिटर दूरीमा रहेको ज्वालामाई मन्दिरमा दर्शन गर्न पुग्नेहरूको सङ्ख्या केही वर्षदेखि बढिरहेको हो । यसअघि पनि आसपासका बस्तीसँगै टाढाबाट समेत दर्शन गर्न पुग्ने गरेकोमा सडकको पहुँचसँगै दर्शनार्थीहरू बढेका स्थानीय बासिन्दा बताउँछन् । स्थापनाको लिखित इतिहास नभए पनि झन्डै दुई सय ६० वर्ष पहिले ज्वालामाई देवीको स्थापना भएको विश्वास रहेको मन्दिरका मूलपुजारी वीर...
Source : https://ujyaaloonline.com/story/108880/2024/11/15/devotees-flock-to-jwalamai-temple-in-solukhumbu