स्वास्थ्यमन्त्री पौडेलले गरे धौलागिरि अस्पताल निरीक्षण

गलकोट । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गरेका छन्। उनले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिएका हुन्। अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था बुझ्न आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले अस्पताललाई स्तरवृद्धि गर्न आवश्यक रहेको बताए। मन्त्री पौडेलले अस्पतालको सेवाका विषयमा अस्पतालमा भर्ना भएका बिरामीलाई समेत सोधपुछ गरेका थिए। […]

Source : https://www.dcnepal.com/2024/11/613163/