२७ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौँ । 

सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ । आज नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख बराबरको कारोबार भएको थियो ।

आज जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी पिपुल्स हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ६.०२ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबैभन्दा बढी नेशनल फाइनान्सको ३३ करोड ७९ लाख ८८ हजार बराबरको कारोबार भएको छ भने बरुण हाइड्रोको सबै भन्दा बढी ३ लाख ९५ हजार २८४ कित्ता शेयर कारोबार भएको छ ।

Source : https://newsofnepal.com/2024/10/28/675696/