नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ ।

 बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ ।

आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो ।

आज गुराँस लघुवित्त र मीड सोलु हाइड्रोको को  शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सबैभन्दा बढी ४.९० प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबैभन्दा सीइबीडी हाइड्रोको ३४ करोड १७ लाख ९७  हजार बराबरको कारोबार भएको छ भने हिमालय ऊर्जा विकासको सबै भन्दा बढी ६ लाख ९७ हजार ९१६ कित्ता शेयर कारोबार भएको छ ।

Source : https://newsofnepal.com/2024/10/30/676034/