अटोमेटिक पेस्तोलसहित नेपाली पक्राउ

नेपालतर्फको सघन सुरक्षा जाँचलाई छल्दै भारतीय सीमामा स्वचालित (अटोमेटिक ) दुई थान पेस्तोलसहित एकजना नेपाली नागरिकलाई पक्राउ गरिएको छ ।

मुलुकमै सबै भन्दा बढी चेकजाँच नाका भएको शंकराचार्य गेट अगाडिबाट स्वचालित हतियार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले मंगलबार बरामद गरेको छ । सीमावर्ती क्षेत्र वीरगन्ज–र क्सौल नाकाको मितेरी पुलबाट हतियारसहित एकजना नेपालीलाई पक्राउ गरिएको एसएसबीले पुष्टि गरेको छ ।

वीरगञ्जको भन्सार तर्फका आधा दर्जन चेंकजाँचहरु छल्दै भारत प्रवेश गरिरहेको अवस्थामा भारतीय एसएसबीले स्वचालित पेस्तोलसहित नेपालीलाई पक्राउ गरेको छ । वीरगञ्जको रजतजयन्ती चोकदेखि सीमासम्म सशस्त्र, नेपाल प्र हरी र भन्सारको आधा दर्जन चेकपोष्टहरु रहेका छन् । भारतीय एसएसबीले मितेरी पुलबाट सोमबार दिउँसो नवलपरासी जिल्लाको रजहर बस्ने २५ वर्षीय मनोज महर्जनलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको छ ।

वीरगञ्जबाट सीमावर्ती सहर रक्सौलतर्फ गइरहेका दुई जनालाई चेकजाँज गर्न खोज्दा हतियार फ्याकेर भाग्न थाले पछि हतियारसहित महर्जनलाई पक्राउ गरिएको एसएसबीका सहायक कमान्डेट गुलाब चौधरीले बताएका छन् । मेड इन युएसए लेखिएको ९ एममको पेस्तोल १ थान र मेड इन जर्मनी लेखिएको ९ एमएमकै पेस्तोल १ थान तथा १ थान म्याग्जिनसहित महर्जनलाई पक्राउ गरिएको चौधरीले बताए । तर उनको साथमा रहेका नवलपरासीकै विवेक मल्ल ठकुरी भने फरार भएको उनले बताए ।

सहायक कमान्डेन्ट चौधरीका अनुसार, नेपालबाट २ जना हतियारसहित रक्सौल प्रवेश गर्न लागको पूर्वसूचनाको आधारमा एसएसबीको टोलीले चेकजाँच गर्न खोज्दा आरोपित महर्जन र ठकुरी डंकन हस्प्टिल रोड तर्फ भागेका थिए ।

त्यसक्रममा उनीहरुसंग रहेको हतियार सडक छेउको झाडीमा फालेका थिए । तीमध्ये महर्जनलाई एएसबीका जवानहरुले पक्राउ गरे पनि ठकुरी भने भाग्न सफल भएको बताइएको छ । पेस्तोलसहित पक्राउ परेका महर्जनलाई प्रहरी थुनामा राखेर अनुसन्धान भइरहेको जनाउँदै चौधरीले फरार रहेका ठकुरीलाई पनि पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन् ।

The post अटोमेटिक पेस्तोलसहित नेपाली पक्राउ appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/05/08/92987/