अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीको चेतावनी

अमेरिकामा मिल्टन नामको आँधी पाँच श्रेणीमा परिणत भएर यूएस गल्फ कोस्ट अर्थात त्यहाँको खाडी तटीय क्षेत्र हुदैँ तीव्र गतिमा फ्लोरिडा पुग्ने क्रममा रहेको छ । यो आँधी फ्लोरिडातर्फ २ सय ८१ किलोमिटर प्रतिघण्टाको तिव्र हावाको गतिमा पुग्ने भएकाले भोलि बुधवार राति वा पर्सि बिहिवार विहान जमिन भासिने वा पहिरो जाने जोखिम बढेको अमेरिकाको राष्ट्रिय आँधी सूचना केन्द्र यूएस नेशनल हरिकेन सेन्टर (एनएचसी) ले जनाएको छ । यस आँधीले ठूलै विनाश गर्ने भन्दै फ्लोरिडाका स्थानीयवासीलाई सकेसम्म छिटो सुरक्षित ठाउँमा सर्न गभर्नर रोन डेसेन्टिसले आग्रह ग...

Source : https://ujyaaloonline.com/story/107574/2024/10/8/hurricane-milton-warning-in-florida-usa