अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
काठमाण्डौ – अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै उच्च भएको छ । हिजो अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा आज बढेर खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ पनि बढेको छ । हिजो खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा रहेको युरो आज बढेर एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ । त्यसैगरी...
Source : https://ujyaaloonline.com/story/108602/2024/11/8/us-dollar-hits-all-time-high-