अस्पताललाई ६ हजार अमेरिकी डलर बराबरको प्रजनन स्वास्थ्य सामग्री

सप्तरी । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पताललाई गर्भवती तथा सुत्केरी महिलाको उपचारमा सहयोग पु¥याउने उदेश्यले ६ हजार अमेरीकी डलर मुल्य बराबरको प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

आईतवार सो अस्पताल प्राङ्गणमा एक कार्यक्रमबीच युएनएफपीए (ग्ल्ँएब्) को सहयोगमा प्राप्त उक्त सामग्री नेपाल रेडक्रस सोसाईटी केन्द्र र जिल्ला शाखाको समन्वयमा उपलब्ध गराइएको हो ।

नेपाली मुल्य ८ लाख ५० हजार रुपैया पर्ने उक्त सामग्री कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्र कुमार यादवले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.दिलिप कुमार साहलाई हस्तान्तरण गरेका थिए ।

उपलब्ध गराइएका प्रजनन स्वास्थ्य सामग्रीमा ४३ कार्टुन आइ एच किट, शल्यक्रियामा प्रयोग गरिने उपकरण तथा औषधी लगायतका उपचार सामग्री रहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यक्रम संयोजक नगेन्द्र अर्यालले जानकारी दिए ।

सो अवसरमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितीका प्रभा न्यौपाने, करुणा विष्ट, रेडक्रस सप्तरी शाखाका अध्यक्ष जोगेन्द्र भगत, रेडक्रस राजविराज उपशाखाका अध्यक्ष बैद्यनाथ झा का साथै अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले दातृ निकायबाट प्राप्त उपचार सामग्रीको सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए ।

The post अस्पताललाई ६ हजार अमेरिकी डलर बराबरको प्रजनन स्वास्थ्य सामग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101915/