आइतबारदेखि काठमाडौँका यी स्थानमा दैनिक ४ चार घण्टा विद्युत् अवरुद्ध हुने 

काठमाडौँ। 

काठमाडौँका केही ठाउँमा भोलि (आइतबार) देखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि भोलिदेखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

 

Source : https://newsofnepal.com/2024/05/04/641903/