आईपीएल क्रिकेटमा चेन्नईले हैदराबादलाई ७८ रनले हरायो, गुजरात बेंगलूरुसँग पराजित

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  गएराति भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले जितेको छ । चेन्नईले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको हो । चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ ओभर ५ मा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमले सर्वाधिक ३२ रन बनाए । चेन्नईका लागि तुषार देशपाण्डे एक्लैले ४ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । चेन्नइका कप्तान रुतुराज गाइक्वाडले ९८ र...

Source : https://ujyaaloonline.com/story/101189/2024/4/29/in-ipl-cricket-chennai-beat-hyderabad-by-78-runs