आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई २० रनले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ । गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई २० रनले हराएको हो । दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक ८६ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको  दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । उसका र अभिषेक पोरेलले सर्वाधिक ६५ रन बनाएका थिए ।  ...

Source : https://ujyaaloonline.com/story/101540/2024/5/8/delhi-beat-rajasthan-by-20-runs-in-ipl-cricket