आईपीएल क्रिकेटमा हैदराबादले बनायो अहिलेसम्मकै धेरै रन, बेङ्गलुरु २५ रनले पराजित

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएकाे छ । गए राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २० ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रन बनायो । बेङ्गलुरुका दिनेश कार्तिकले ८३, कप्तान फाफ डु प्लेसिसले ६२, विराट काेहलीले ४२ रन बनाए । हैदराबादका कप्तान प्याट कमिन्सले ३, मयंक मार्कंडेयले २ विकेट लिए । त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर दुई सय ८७ रन...

Source : https://ujyaaloonline.com/story/100684/2024/4/16/srh-scored-the-most-runs-in-ipl-cricket