आगलागी र डढेलोबाट नागरिकलाई जोगाउन मानव अधिकार आयोगको आग्रह

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट जनधनको क्षति भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो । आयोगले विज्ञप्तिमा आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्वतयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न आग्रह गरेको छ । आयोगले यही वैशाख १२ गते महोत्तरीको मटिहा...

Source : https://ujyaaloonline.com/story/101234/2024/4/29/nhrc-urges-to-protect-citizens-from-fires