आगलागीमा परि अर्घाखाँचीमा ४ वर्षीया बालिकाकाे ज्यान गयाे

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीमा परि एक बालिकाको ज्यान गएको छ । आज दिउँसो भूमिकास्थान–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभयो । हजुरबुबा घरबाहिर गएको समयमा आगलागी भएकाले घरभित्र रहेकी नातिनी आगोले जलेर मृत अवस्थामा भेटिएकी थिइन् । यस्तै आगलागीबाट दुई वटा घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् ।

Source : https://ujyaaloonline.com/story/101237/2024/4/29/4-year-old-girl-died-in-a-fire-in-arghakhanchi