आमा पुज्ने औँसीमा हुने मातातीर्थको स्नान र गोकर्णको कान्ति भैरव जात्रा

काठमाण्डाै – नेपाली समाजमा 'आमा पुज्ने औँसी'का रुपमा कहलिएको वैशाख महिनाअन्तर्गत कृष्णपक्ष औँसीका दिन मातातीर्थमा स्नान र पूजा गर्ने श्रद्धालुकाे जति भीड हुने गर्दछ, त्यतिकै भीड गोकर्णमा हुने कान्ति भैरवकाे जात्रामा पनि हुने गरेको छ । फरक यति छ कि मातातीर्थमा आमा कीर्तिशेष भइसकेका छोरा–छोरी आफ्नी जननीको स्मरणमा स्नान र पूजा गर्न पुग्ने गरेका छन् भने गोकर्णमा बिहान सखारै आम जनसमुदायले कान्ति भैरवलाई उनकी आमाको दर्शन, परिक्रमा साथै पूजा गराउन कोसेलीसहित जात्रा गरेर पुर्‍याइने गरिएको छ । काठमा...

Source : https://ujyaaloonline.com/story/101531/2024/5/8/bathing