आशा लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तकोधनी आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

यस अघि पनि लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Source : https://arthasarokar.com/2024/09/aasha-laghubitta-28.html